खर्चालु साथीको पहिचान यसरि गर्नु पर्छ


खर्चालु साथीको पहिचान यसरि गर्नु पर्छ



           आर्थिक कारोबार वा लेनदेनका कारण सम्बन्धमा चिसोपन आउन सक्छ । त्यसकारण पैसाको लेनदेन गर्दा निकै विचार पुर्‍याउनुपर्छ । माया पैसाभन्दा धेरै माथि छ भनिए पनि व्यावहारिक रूपमा माया गौण बन्न पुग्छ । त्यसैले पैसाकै कारणले धेरै सम्बन्धको अन्त्य पनि भएको देखिन्छ । विवाहपछि फजुल खर्चका कारण दम्पतीमा झगडासमेत सुरु हुन्छ । फजुल खर्च गर्ने साथीलाईर् सम्हाल्न निकै कठिन हुन्छ । आयअनुसार खर्च गर्ने बानी बसालेर आपसी सम्बन्धलाईर् बलियो बनाउनुपर्छ अन्यथा जीवनको सहयात्रा बीच बाटोमै टुट्न पनि सक्छ ।
के जीवनसाथी खर्चालु छन् ?ः 
विभिन्न शोधले पैसाका कारण धेरैको दाम्पत्य जीवन धरापमा परेको औंल्याएको छ । जब दम्पतीबीच खर्च र आम्दानीबीच असमानता हुन्छ तब आपसमा ठाकठुक सुरु हुन्छ । श्रीमान्-श्रीमतीमध्ये एक बचत गर्ने र अर्को खर्चालु भए झगडा हुन्छ । त्यसैले दुवैमा मनमुटाव हुन्छ । झगडा मात्र होइन छोडपत्रको अवस्था पनि आउन सक्छ । कतिपय अवस्थामा आवश्यक वस्तु खरिद गर्दा ज्ञानको कमीका कारण फजुल खर्च गरिन्छ । त्यसैले सबैभन्दा पहिले जीवनसाथी फजुल खर्ची छ कि छैन निश्चित गर्नुपर्छ । कहिलेकाहीँ सामान खरिद गर्दा धेरै छुट पनि पाइन्छ । घरको बजेट बिगि्रए पनि त्यसलाईर् फजुल खर्चमा राख्न मिल्दैन ।
फजुल खर्चः
 पार्टनरले अनावश्यक सामान खरिद गर्नु ।
क्रेडिट कार्डको प्रयोग गरी अधिक खर्च गर्नु । किनेका सामान परिवारका सदस्यबाट लुकाउनु ।
५ वटाभन्दा बढी क्रेडिट कार्ड बनाउनु ।
जतिबेला पनि पैसा खर्च गर्ने विषयमा विभिन्न सोच बनाउनु ।
यदि ऋणसँग डर लाग्दैन भने ब्याजले गर्दा फजुल खर्च हुनसक्छ ।
क्रेडिट कार्ड भुक्तान गर्दा खर्चको अनुमान हुँदैन । यसबाट आवश्यकताभन्दा बढी पैसा खर्च हुन्छ ।
समस्यालाईर् गम्भीरतापूर्वक लिनुपर्छ ः 
जोडीहरूका लागि पैसाभन्दा पनि सम्बन्ध महत्वपूर्ण हुन्छ । जोडीहरूको भावना आपसमा जोडिएको हुन्छ । यदि आफ्नो जीवनसाथीको चाहना पूरा गर्न आफू असमर्थ भए आफूलाईर् सोहीअनुसार ढाल्नुपर्छ । फजुल खर्चमा रोक लगाउनुपर्छ । पैसाले मात्र समस्या उत्पन्न हुन्छ भन्ने छैन । आफ्नो आर्थिक अवस्था राम्रो भए पनि साथीको फजुल खर्चले समस्या उत्पन्न गर्न सक्छ । आफूले बचत गरेको पैसा साथीले जहाँ वायो त्यहीँ खर्च गरिदिँदा असह्य हुनसक्छ । सधैं गरिएको खर्चलाईर् बेवास्ता गर्न सकिँदैन । यदि खर्च अपेक्षा गरेभन्दा बढी भए ऋण बढ्न सक्छ । बचत कम हुनु गम्भीर समस्या हो । यसको निकास चाँडै निकाल्नुपर्छ ।
 लापरबाहः 
यस्ता पार्टनरसँग डिल गर्न निकै असजिलो हुन्छ । उनीहरू अरू विषयमा सतर्क भए पनि पैसाका मामिलामा लापरबाह हुन्छन् । यस्ता मानिसहरू पैसाकै विषयमा कुराकानी गर्न मन पराउँछन् । यस्ता जोडीमा आर्थिक लेनदेनको जिम्मा अर्को पार्टनरलाईर् दिनुपर्छ । जसमा मनी म्यानेजमेन्ट स्किल होस्, जसले पैसालाईर् किफायती ढंगले खर्च गर्न सकोस् ।
 पूर्वसूचनाः 
यदि पार्टनर दोस्रो श्रेणीमा आउँछ भने त्यस्ता पार्टनरलाईर् नियन्त्रण गर्न कठिन हुन्छ । यस्ता पार्टनरको खर्चिलो बानीले सधैं समस्या उत्पन्न गराउँछ । एउटा पार्टनरले आफ्नो गच्छेअनुसार खर्च गर्ने तर अर्कोले मनपरी खर्च गर्ने व्यवहारले समस्या उत्पन्न गर्छ । यदि पार्टनरले बल्कमा सामान खरिद गरी पैसा बचाउने मनसाय राखेको भए त्यसलाईर् फजुल खर्च भन्न मिल्दैन । यसले बजेट बिग्रने सम्भावना भए आफ्नो पार्टनरलाईर् पूर्वसूचना दिनुपर्छ ।
आपसी समझदारीः 
अनावश्यक रूपमा खर्च गर्ने पार्टनरसँग डिल गर्न गारो हुन्छ । सामान किनेर आफ्नो चाहना पूरा गर्न उनीहरू ऋण लिन पनि पछि पर्दैनन् । यदि आफ्नो पार्टनरलाईर् सपिङ मेनिया भएजस्तो लागे तुरुन्त विशेषज्ञको सल्लाह लिनुपर्छ । पैसाले सुख खरिद गर्न नसकिए पनि त्यसले कहिलेकाहीँ दुःख दिनसक्छ । कुनै-कुनै बेला पैसाको कमीले होइन खर्चप्रतिको दृष्टिकोणले समस्या उत्पन्न गराउँछ । आफूले आवश्यकता महसुस गरेको सामानलाईर् पार्टनरले आवश्यकता नमान्न सक्छ । त्यसैले समस्या आउन नदिन समयमै आपसी समझदारी कायम गर्नु उपयुक्त हुन्छ ।

About

मेरो टि भि : Filmyupdate.com

Label 7

Popular Posts

Label 1

Recent Post

RaazSubedi.com
Like
You like this.

Blogger templates


Comments

News Updates
बिभिन्न मागहरु राखी लामो समयदेखि आन्दोलनरत चलचित्रकर्मीहरुको आन्दोलन स्थगित, निरन्तरको छलफल पश्चात शुक्रवार दिउसो सरकारसँग ११ बुँदे सहमती गर्दै आन्दोलन स्थगित भएको घोषणा । मण्डिप उप्रेतीको स्वर, संगीत तथा शब्द रहेको ‘सम्झिरहेछु तिमीलाई…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक, आशिष भेटवालले निर्देशन गरेको उक्त भिडियोमा मौसम एचजेड, सुनिल भट्टराई र रुपल सिंहको अभिनय ।

Pages

Powered by Blogger.