ब्लु फिल्म नराम्रो धार्मिक फिल्म राम्रो भन्न हुदैन


ब्लु फिल्म नराम्रो धार्मिक फिल्म राम्रो भन्न हुदैन



नेपाली सिने नगरीमा नयाँ कलाकारहरुको आगमन भइरहेको छ । यही भिडमा चलचित्र अन्तराल मार्फत नव नायिका आशिष्मा नकर्मी पनि उदाउँदै छिन् । ‘अन्तराल’ पश्चात ‘सिक्स फिट लाइफ’ र ‘तोरी लाहुरे’मा अभिनय गरिसकेकी अशिष्मा म्युजिक भिडियोमा पनि जमिरहेकी छिन् । उनै नव नायिका नकर्मीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानीः
तपाइको नामको अर्थ ?
मेरो नामको अर्थ रोचक छ । मेरो मम्मी नायिका करिश्मा मानन्धरको खुबै फ्यान हुनुहुन्थ्यो । उहाँको नाम आशा हो । यसैले मेरो नाम करिश्मा दिदी र मम्मीको नाम जोडेर आशिष्मा राखिएको हो ।
सिनेमा नगरी रुचि मात्र कि भबिष्य पनि हो ?
मेरो लागि दुबै हो । जे कुरामा रुचि हुदैन त्यहाँ भविष्य पनि हुँदैन भन्ने लाग्छ ।
कस्तो लाग्दैछ तपाइंलाई सिनेमा नगरी ?
एकदमै रमाइलो लाग्छ मलाई त । यहाँ ८४ व्यञ्जन नै छ । पिरो, अमिलो, तितो, मिठो, गुलियो सबै खालको छ । तर मलाई मेरो लक्ष्य र भिजन थाहा छ ।
के हो तपाइको भिजन र लक्ष्य ?
सुरुवातमा मैले बुबाको अगाडी रोएर भिडियो खेलेको थिएँ । यसपश्चात म नेवारी सिनेमामा खुबै जमे । मलाई लागेको थिएन कि म त्यती चाँडै नेवारी सिनेमामा जम्छु । तर अब नेपाली सिनेमामा जम्ने कोसीसमा छु र मलाई थाहा छ म पक्कै सफल हुनेछु ।
तपाइको रोजाइमा म्युजिक भिडियो कि फिल्म ?
कलाकार भएपछि भूमिकाको बिषयमा बार्गेनिङ गर्नु हुन्छ भन्ने मलाई लाग्दैन । मलाई दुबै मनपर्छ ।
पछिल्लो समयमा सिनेमा नगरीमा बढेको अश्लिततालाई कसरी हेर्नुहुन्छ ?
हुनत यहाँ कथाले मागे अनुसार भन्दै सबै देखाउँछन् । तर मलाई यस्तो कुरा खासै मनपर्दैन । हुनत, ब्लू फिल्म नराम्रो धार्मिक फिल्म मात्र राम्रो भन्ने हुँदैन । दुबै फिल्मका दर्शक फरक- फरक हुन्छन् ।
तपाई भने यस्तो बिषयमा कत्तिको खुल्नुहुन्छ त ?
म सिनेमा नगरीमा जम्ने कोशिशमा छु । यसैले सुरुवातमै दर्शकको नजरमा यस्तो खालको छाप छोड्न चाहन्न । तर सिनेमाको बिषय र त्यसलाई प्रस्तुत गर्ने शैलीमा फरक पर्छ । म ‘द डर्टि पिक्चर्स’ जस्तो सिनेमा गर्न चाहन्छु ।
तपाइले अभिनय गरेको चलचित्र अन्तराल जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ, सिनेमाले के कुरा प्रस्तुत गर्दैछ ?
चलचित्र युवाहरुको कथा र सपना हो । चलचित्रमा म एक साधारण युवतीको भुमिकामा छु । धनी बाउको छोरी भएर पनि अरुको निर्भरता नचाहने युवतीको भुमिका मैले निर्वाहा गरेको छु ।
तपाइलाई नेपाली सिनेमाको कुन नायकले खुबै आकर्षण गर्छन् ?
जीवन लुइटेल र आर्यन सिग्देलको लुक्स साह्रै मनपर्छ । तर काम गराइको हिसाबले गजित बिष्ट र सुभाष थापा राम्रो लाग्यो ।
तपाई आफुलाई आफु कस्तो लाग्छ ?
म एकदमै साधारण छु । सकारात्मक कुरा मात्र सोच्छु ।
तपाई कस्तो खालको सिनेमा खेल्न चाहनुहुन्छ ?
म सिनेमा नगरीप्रति युवापुस्तालाई आकर्षण गर्ने खालका सिनेमा खेल्न रुचाउँछु । मैले खेलेको सिनेमाले युवालाई डाक्टर, इन्जिनियर मात्र होइन छायांकार, संगीतकार, नायक, नायिका, निर्देशक पनि बन्न प्रेरणा मिलोस् ।
 तपाइलाई कुन पुरुष साह्रै कामुक लाग्छ र उसले तपाइलाई सेक्स आकर्षण गर्छ ?
मलाई हलिउड नायक रक खुबै कामुक लाग्छ । यसको शरीर साह्रै सेक्सी छ ।
कुन पुरुषसँग चुम्बन गर्न मन लागेको छ ?
हलिउड नायक लिओनार्दोलाई पर्दामा देख्दा नै चुम्बन गरुँ-गरुँ लाग्छ । उसको लुक्सले भुतुक्कै बनाउँछ ।
 आफ्नो शरीरमा कुन अंग सेक्सी लाग्छ ?
सबैले आँखा सेक्सी छ भन्छन् ।
 कस्तो पहिरन लगाउन मन लाग्छ ?
वन पिस पहिरनमा म सेक्सी र कामुक देखिन्छु ।
 कुन खानेकुरा मिठो पकाउनुहुन्छ ?
चिकेन साह्रै मिठो पकाउँछु ।
प्रेममा कतिपटक पर्नुभयो त ?
जीवनमा २ पटक प्रेम गरेँ । पहिलो पटक ११ मा पढ्दा एक युवकसँग प्रेम परेको थियो । हाम्रो प्रेम ६ बर्ष चल्यो । अहिले एक युवकलाई खुबै मनपराउँछु । तर उसलाई भन्न सकेको छैन । आफ्नो करिअर अगाडी बढेकाले पनि मनको कुरा मनमै राखेकी छु ।
सिनेमा कत्तिको हेर्नुहुन्छ ?
म नेपाली, बलिउड, हलिउड, स्प्यानिस, कोरियन, जापानीज सबै खालका सिनेमा हेर्छु । कोरियन मुभि हेरेर त मैले यो भाषा बोल्न पनि थालेको छु ।
पहिलो पटक ब्लू फिल्म चै कहिले हेर्नुभयो त ?
हा.हा.हा. हेरेको छु केही पटक । विशेषगरी नेपाली सिनेमाका नायिकाहरुको भिडियो बाहिर आउँदा हेर्ने उत्सुकता जागेर हेरेकी थिएँ ।
कहिलेसम्म सिनेमा खेल्ने योजना छ त ?
मलाई दर्शकले जहिलेसम्म रुचाउनुहुन्छ, म त्यतिबेला सम्म नै सिनेमा खेल्छु ।
कहिलेकाही सिनेमा नगरीमा आउने नराम्रा खबरले यो क्षेत्रमा किन आए जस्तो लाग्दैन ?
मुख्यताय हरेक कुरामा आफु राम्रो हुनुपर्छ । यस्ता खालका खबरले हामीलाई अझ बोल्ड बनाउँछ ।

, ,

About

मेरो टि भि : Filmyupdate.com

Label 7

Popular Posts

Label 1

Recent Post

RaazSubedi.com
Like
You like this.

Blogger templates


Comments

News Updates
बिभिन्न मागहरु राखी लामो समयदेखि आन्दोलनरत चलचित्रकर्मीहरुको आन्दोलन स्थगित, निरन्तरको छलफल पश्चात शुक्रवार दिउसो सरकारसँग ११ बुँदे सहमती गर्दै आन्दोलन स्थगित भएको घोषणा । मण्डिप उप्रेतीको स्वर, संगीत तथा शब्द रहेको ‘सम्झिरहेछु तिमीलाई…’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक, आशिष भेटवालले निर्देशन गरेको उक्त भिडियोमा मौसम एचजेड, सुनिल भट्टराई र रुपल सिंहको अभिनय ।

Pages

Powered by Blogger.